एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री र प्रचण्डलाई कारबाही गर्नुपर्छ –भीम रावल
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ २५ गते
एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का नेता भीम रावलले बताउनुभएको छ । पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता रावलले राष्ट्रको स्वाधीनतामाथि नै गम्भीर आँच आउने सम्झौता अनुमोदन गर्छौँ भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले यसबारे छानबिन गर्न पनि समितिसँग आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभामा विचाराधीन विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाउनुभयो । सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० का सांसद सुदन किरातीले एमसीसी जनमत सङ्ग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले एमसीसीले देशको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरूलाई सचेत गराउनु भयो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि