सरकारले स्थानीय तहको निर्वाचन मितिको तोकेपछि एमालेद्वारा स्वागत

780Views
0 Shares

 

काठमाडौं । माघ २५ गते
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन आन्दोलन गरिरहेका थिए ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । एमालेले यसअघि सरकारलाई निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै दबाब दिँदै आएको थियो ।एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन मिति’दयगत सरकारले निर्णय गर्नु सकारात्मक रहेको टिप्पणी गरेका छन् ।

निर्वाचन मिति घोषणा गर्नु सकारात्मक कुरा रहेको बताउँदै उनले संविधान र कानुनअनुरूप काम हुँदा पनि खुसी हुनुपर्ने अवस्था आएको टिप्पणी गरेका थिए ।सरकारले निर्वाचन मिति घोषणा गर्नमा ढिलाइ गरेपछि एमाले निकटको राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियुसहितका जनवर्गीय संगठनले आन्दोलन गरिरहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा जनवर्गीय संगठनको बैठक बसेर आन्दोलनमा जाने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय