युक्रेनको राजधानीमा सुरु भयो युद्ध, सर्वसाधरणलाई घरभित्रै बस्न आग्रह

795Views
0 Shares

 

काठमाडौं । फागुन १४ गते
युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिकहरु सहर प्रवेश गरी आक्रमण थालेको स्थानीय सरकारले जानकारी दिएको हो।युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किभको प्रशासनलाई उद्धृत गर्दै यहाँको सडकमा युद्ध सुरु भएको जनाएको हो।युक्रेनको राजधानी किभमा प्रशासनले मुख्य सहरको सडकमा युद्ध सुरु भएकोले सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह गरेको छ। प्रशासनले बालकनीमा बाहिर नजान पनि चेतावनी दिएको छ।शनिबार बिहानैदेखि किएभमा गम्भीर भिडन्त भइरहेको हो।

सहरको भास्सिल्किभ क्षेत्रमा भीषण युद्ध जारी रहेको युक्रेनी सुरक्षा निकायले सामाजिक सञ्जालमार्फत जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।किएभको मध्य भागबाट निकै नजिक गोली हानाहानको आवाज सुनिएको स्थानीय पत्रकारहरुले पनि उल्लेख गरेका छन्।यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गरेर अबको समय निकै कठिन हुने भन्दै डटेर लड्ने बताएका थिए।यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले राजधानी किभमा ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

युक्रेनको सेनाले पश्चिमबाट मुख्य सडकमा भएको आक्रमणलाई असफल बनाएको बताएको छ।सेनाले दक्षिणको एउटा विमानस्थलमा युद्ध सुरु भएको जनाएको छ। यहाँ रुसी सेनाले हवाई हमला गरेको छ। युक्रेनी सेनाले सेना बोकेको रुसी विमानलाई खसालेको युक्रेनको भनाइ छ।राष्ट्रपति जेलेन्स्कीले जनतालाई बलियो भएर बस्न आग्रह गरेका छन्। उनले युक्रेनको भविष्यको निर्णय भइरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय