• Home
  • खेलकुद
  • आजबाट कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल सकिदै
Image

आजबाट कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल सकिदै

काठमाडौं । फागुन १४ गते
आजबाट कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल सकिदैछ । लिगको अन्तिम चरण अन्तर्गत आज शनिबार अन्तिम तीन खेलहरु हुँदैछन् । जसमा दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।लिगको उपाधि विजेता र रेलिगेसनमा पर्ने टोलीको टुंगो यस अघि नै लागिसकेको छ । मछिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ । च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो १ बजे सुरु हुनेछ ।आर्मी र मनाङ आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छन् ।आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ १२ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ।यस्तै रंगशालामा हुने दोस्रो खेलमा च्याम्पियन मछिन्द्र र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । लिगको अन्तिम खेलको रुपमा रहेको मछिन्द्र र एपीएफको खेल ४स्३० बजे सुरु हुनेछ ।

मछिन्द्र १२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।एनआरटी २० अंक जोडेर चौंथो स्थानमा रहेको छ । पुलिस १२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *