भीषण बाढीका कारण मलेसियामा ४६ जनाभन्दा बढीको मृत्यु,५ जना बेपत्ता
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष १२ गते
भीषण बाढीका कारण मलेसियामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।समाचार एजेन्सी एफपीका अनुसार मलेसियामा विगत केही वर्षयताकै भीषण बाढी आएको हो। उक्त बाढीमा परि मृत्यु हुनेको संख्या ४६ पुगेको छ। यस्तै, ५ जना अझै बेपत्ता छन्।लगातारको मुसलधारे वर्षाले नदीमा पानी बढेको छ।

बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। साथै, धेरै शहरहरू बाढीमा पसेको थिए र प्रमुख सडकहरू बगेका कारण सम्पर्कहरू विस्थापित भएको छ।मलेसियाको सबैभन्दा जनसंख्या भएको राज्य सेलान्गोर बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। पहाङ बाढीबाट सबैभन्दा बढी प्रभावित दोस्रो प्रदेश हो।दक्षिणपूर्वी एसियाका देशहरूमा मनसुनका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म वर्षा हुने गर्छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि