नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आजदेखि शुरु हुँदै
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष १२ गते
आज नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र चल्ने भएको छ। बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र हुनेछ।बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गरिसकेपछि छलफलबाट पारित गर्ने कार्यसूची रहेको छ।

विधान संशोधनलगायत विषय पनि बन्दसत्रमा छलफलका लागि पेश गरिने छ। बन्दसत्रमा करिब १६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। माओवादीको यो महाधिवेशनले १५ पदाधिकारी र केन्द्रीय सदस्य गरी २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ।एक अध्यक्ष र एक वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीको संख्या १५ बनाउने निर्णय माओवादीले गरेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि