Trending

अध्यक्ष प्रचण्डको कांग्रेसका सभापति देउवाद्वारा प्रशंसा

980Views
0 Shares

काठमाडौं । पुष १२ गते

आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गर्नु भएको छ । माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले दाहालकै नेतृत्वमा संविधानसभाबाट संविधान बनेको भन्दै प्रशंसा गर्नु भएको हो ।

दाहालको राजनीतिक योगदानको चर्चा तथा प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान गरेको जिकिर गर्नु भएको छ । प्रधानमन्त्री देउवाले वर्तमान पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको समेत प्रस्ट पार्नु भएको छ । संविधानअनुरूप संसद् पूरा समय चलोस् भन्ने उद्देश्यले मात्र गठबन्धन बनेको भन्दै कसैको विरुद्ध नरहेको धारणा राख्नु भएको थियो । एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन देउवाले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय