प्रदेश २ : लोसपा दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, विमानस्थलमा भव्य स्वागत
By YOUTV Nepal
५ वर्ष अगाडि
Comments: 0

जनकपुरधाम : प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का अध्यक्ष महन्थ ठाकुर आज जनकपुरधाम आइपुगेका छन् ।
जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका छन् । लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन आइतबार बिहान ११ बजे अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् ।
उनको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी ९जसपा०का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।
तर तत्कालीन राजपा संसदीय दलका नेता जितेन्द्र सोनललाई नै लोसपा दलका नेता बनाउने सम्भावना बलियो रहेको एक सांसदले बताए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि