Trending

प्रादेशिक अस्पतालका जनकपुरका कर्मचारीले प्रतिकप चियाको मोल ३ सय ७० रुपैयाँ

715Views
0 Shares

जनकपुरधाम : प्रदेश २ को प्रदेशिक अस्पतल जनकपुरले एक कप चियामा ३७० रुपैयाँ खर्च गरेको देखिएको छ ।

करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना महामारीको समयमा होटलमा बसेको अवधिमा एक कप चियाको ३७० रुपैयाँ खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्सलगायतका कर्मचारी होटल तथा बैंकेटमा बसेको भन्दै एकजना चिकित्सकको सिफारिसको आधारमा ठेक्का दरअनुसार प्रतिव्यक्ति बासको १ हजार १ सय र चियाको ३७० का दरले ३८ लाख ९५ हजार खर्च लेखेको देखिएको हो ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ ९८० मा भुक्तानी पूर्व रीत पुगेरनपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था रहे पनि अस्पतालले सो रकम मनोमानी खर्च गरेको देखिएको हो ।

होटलमा बस्नुपर्दा खर्च गर्न पाउने मापदण्ड वा निर्देशिका बेगर भुक्तानी भएकोले यकिन गर्न नसकिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय