For Youtvnepal long gif
  • Home
  • प्रदेश नं २
  • धनुषाको सबैला न.पासंग सुचनाको माग गर्दे आज पाँचौं दिन रिले अनशन जारी
Image

धनुषाको सबैला न.पासंग सुचनाको माग गर्दे आज पाँचौं दिन रिले अनशन जारी

जनकपुरधाम : प्रदेश २ को धनुषाको सबैला नगरपालिकामा सूचनाको माग गर्दै आज पाँचौं दिन रिले अनशन जारी
छ । भदौ ४ गते देखि पालिकाको गेटको अगाडी भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारी र राजनीतिकर्मी अनसनमा बसेका हुन् ।

समयमा सूचना उपलब्ध नगराउँदा बाध्य भएर रिले अनसन सुरु गरेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए । समितिले पालिकासँग गत जेठ २३ गते उजुरी दर्ता गराएर ९ वटा शिर्षकमा सूचना माग गरेको थियो । त्यसयघि मौखिक रुपमा पनि सूचना माग गरिएको थियो । तर, कर्मचारी र नगर प्रमुख विजय शंकर साहले वेवास्ता गरेको संयोजक यादवको गुनासो छ । उनका अनुसार दुई कुरालाई ध्यानाकषर्ण गराउन रिले अनसन सुरु गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको अधारमा छिटो छानबीन सुरु गर्नुपर्ने र मर्यादित रुपमा नगरबासीले सूचना पाउनु पर्ने उद्देश्यले अनशन सुरु गरेको संयोजक यादवको भनार्इ छ ।

अनशन स्थलबाटै जागरण अभियानसमेत सञ्चाल भइरहेको समितिका महासचिव मेथल साहले बताए । उनका अनुसार जागरण अभियान अन्तरगत प्रत्येक दिन निश्चित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । पालिकाले भ्रष्टाचार गरेकै कारण सूचना उपलब्ध नगराएको उनको तर्क छ । पालिकामा हरेक शिर्षकमा अनियमितता भएको उनले आरोप लगाए ।

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni २ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni २ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *