दु:खको घाउ भर्न म जुनसुकै काम गर्न तयार छु|| माल्भिका सुब्बा
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
पूर्वमिस नेपाल माल्भिका सुब्बामाल्भिका सुब्बाले सार्वजनिक रूपमा माफी माग्दै भनेकी छिन् : म घटनाबारे अत्यन्तै दु:खी छु तर म माफीको लायक छैन। मलाई विस्तृत कुरा स्पष्ट याद त छैन तर तपाईंले मलाई फोन गरेको र आफूलाई दुर्व्यवहार गर्ने पीडकबारे कुरा गर्न खोजेको राम्ररी याद छ। तपाईंलाई मेरो खाँचो परेका बेला मैले सहयोग गर्न नचाहेको पनि मलाई याद छ। मेरो त्यो व्यवहार माफीयोग्य होइन र मैले तपाईंबाट माफीको अपेक्षा पनि गरेको छैन। त्यति बेला तपाईंको कुरा राम्ररी नसुनेकोमा, तपाईंलाई विश्वास नगरेकोमा र आवश्यक परेका बेला सहयोग गर्न अघि नसरेकोमा म अत्यन्तै दु:खी छु भन्ने तपाईंलाई सुनाउन चाहन्छु।
तपाईंलाई म सँग रिसाउने र मलाई घृणा गर्ने पूर्ण अधिकार छ। किनभने मैले त्यतिखेर तपाईंको अपेक्षा पूरा गर्न पूरै असफल भएकी थिएँ। तपाईंलाई सहयोग नगरेर तपाईंमाथि भएको अन्यायको र तपाईंले बेहोर्नुपरेको पीडामा म पनि भागीदार छु भन्ने कुरा म पूर्ण रूपले स्वीकार गर्छु। मलाई थाहा छ यो कुरा भन्न अत्यन्तै ढिलो भइसक्यो तर म आज यो कुरा भन्न गइरहेको छु- तपाईंले भोग्नुपरेको दु:खको घाउ भर्न म जुनसुकै काम गर्न तयार छु।
जबसम्म तपाईंले मलाई माफ गर्न सक्नु हुने छैन, यौन हिंसाविरूद्धका कुनै पनि कार्यक्रम र फेमिनिजम सम्बन्धी कुनै प्लेटफर्ममा सहभागी हुने छैन। यसरी सार्वजनिक जीवनबाट बाहिर रहँदा तपाईंको पीडा कम हुन्छ भने म त्यो गर्नेछु। यदि तपाईं मलाई व्यक्तिगत रूपमा भेटेर आफ्नो रिस पोख्न चाहनु हुन्छ र मैले व्यक्तिगत माफी माग्दा तपाईंलाई अलिकति भए पनि सहज हुन्छ भने त्यसको निम्ति पनि तयार छु।
[the_ad id=”1337″]
माल्भिकाले फेसबुकमा पोस्ट गर्दै भनेकी छन् : ‘मैले त्यतिखेर उनीसँग लामो गफ गर्नुपर्ने थियो र उनको हात समात्दै उनलाई अंकमाल गर्नुपर्ने थियो। म उनलाई खाँचो परेका बेला उनको समीप हुनुपर्ने थियो। मैले केही न केही त गर्नुपर्ने थियो। जस्तो उनले भनेकी छन्, मैले उनलाई फोन गरेर बहिनी तिमीलाई कस्तो छ भनेर सोध्नुपर्ने थियो। तर मैले यी केही पनि गरिनँ ।
[the_ad id=”2276″]
पछिल्लो आठ वर्षमा मिटू अभियान सुरू भएपछि मैले उनलाई फोन गरेर सोधेको भए पनि हुन्थ्यो तर मैले त्यो पनि गरिनँ। मैले उनलाई निरास बनाएँ। मैले तपाईंहरू सबैलाई निरास बनाएँ। यी सबै कारणले एक महिला हुनुको नाताले, मानव हुनुको नाताले र अरूभन्दा अलिकति बढी प्रभावशाली हुनुको नाताले तपाईंहरू सबैलाई मैले निरास बनाएँ। त्यसैले जुन घृणा मैले पाइरहेको छु, म त्यसको लायक छु।
[the_ad id=”1166″]
नोट : यो भनाइ निजले आफ्नो फेसबुकमा पोस्ट गरे पछि त्यसलाई नेपालीमा Translate गरेर राखिएको हो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि