Trending

कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार सुरक्षा पन्त

1.0kViews
0 Shares

काठमाडौं, ५ वैशाख

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् ।

नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् ।

यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् । रेड ड्रेसमा सजिएर कार्पेटमा वाक गर्दै उनले भनिन्, ‘रातो कार्पेटमा हिड्नु वास्तविकमै अलाैकिक क्षण बन्याे । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

उनले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिएकी थिइन् । अडिसनमा छनोट भएर फिल्ममा अभिनयकाे मौका पाएकी थिइन् । ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त चलचित्र कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय