• Home
  • जिवनशैली
  • कार्यसम्पादन करार सम्झौता अब कानुनी रुपमा संस्थागत
Image

कार्यसम्पादन करार सम्झौता अब कानुनी रुपमा संस्थागत

काठमाडौं, ७ भदौ 

कुनै पनि सार्वजनिक पदमा बसेका पदाधिकारीहरुको कार्यसम्पादन नतिजामुखी र प्रभावकारी बन्नका लागि पहिलो सर्त हो, ‘आफ्नो कामकाबारेमा गहिरो जानकारी र त्यसको श्रृंखलाबद्ध कार्यान्वयन योजना ।’ तर, हामीकहाँको समस्या यस्तो छ की ‘सार्वजनिक पदमा बसेकाहरुलाई आफ्नो काम र त्यसको समयअवधि र प्राथमिकताबारेमा नै बेखबर हुन्छन् ।’

अर्को समस्या हो, जवाफदेहीता र उत्तरदायित्वको अभाव । तत्कालीन अमेरिकी व्यवस्थापनविद् एफ. डब्लु टेलर भन्छन्, ‘कति समयमा, कुन प्रक्रियाबाट, कति जनशक्ति र लगानीमा काम गर्ने ? कुनै पनि सार्वजनिकपदमा बसेकाहरुसँग यसको उत्तर साथमा हुनुपर्छ ।’

नेपालको सार्वजनिक पदमा बसेकाहरुको समस्या पनि यही हो । यही समस्यालाई मध्यनजर गर्दै तत्कालीन गृह सचिव प्रेमकुमार राईले आर्थिक वर्ष ०७५/०७६ मा एउटा अवधारणा अघि सारे, ‘कार्य सम्पादन करार सम्झौता ।’अर्थात् आफूले वर्षभरी गर्ने कामको श्रृखला र योजनाबद्ध कार्यान्वयन प्रक्रियाको विवरण । हरेक सार्वजनिक पदमा बसेकाहरुले आफूभन्दा माथिल्लो अधिकारीसँग ‘वर्षभरी आफूले गर्ने कामको वैज्ञानिक र योजनाबद्ध विवरणको सूची’तयार पारेर सम्झौता गर्ने । 

सार्वजनिक पदमा बसेकाहरुको कार्य सम्पादनलाई प्रभावकारी र नजितामुखी बनाउने उद्देश्यसहित उनले अघि सारेको अवधारणालाई आमप्रशासन क्षेत्रमा लागु गराउन सामान्य अवस्थामा सजिलो थिएन । तर त्यसबेला भयो सजिलो । हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृह सचिव राईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मसिनो र गहिरो गरी बुझाए । तत्कालीन प्रधानमन्त्री ओली सहमत भए । 

आर्थिक वर्ष ०७५/०७६ मा सुशासन ऐनलाई टेकेर कार्य सम्पादन करारको सुरुवात निजामति सेवामा पनि सुरु भयो । त्यसको एक बर्षपछि ०७६/०७७को बजेट वक्तव्यमार्फत ओली सरकारले नै त्यसलाई नियमावलीमा भएको व्यवस्थाभन्दा अझ व्यापक रुपमा लागू गर्ने घोषणा गरियो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीले सचिवसँग र मन्त्रालयका सचिवले सहसचिव र महानिर्देशकसम्मलाई कार्यसम्पादन करार सम्झौताको थालनी भयो । 

अब कानुनी रुपमा संस्थागत

तत्कालीन गृहसचिव राईले ०७५/०७६ सुरु गरेको कार्यसम्पादन करार सम्झौता अब कानुनी रुपमा नै संस्थागत भएको छ । गत ३ असार २०७९ मा बसेको मन्त्रीपरिषद् बैठकले ‘सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९’ स्वीकृत गरेसँगै यो कानुनी रुपमा संस्थागत भएको हो । सुशासन (व्यवस्थापनतथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले यो निर्देशिका बनाएको हो ।

यो कानुनी रुपमा संस्थागत भएसँगै यसले नजितामुखी कार्यसम्पादनको लागि यो महत्वपूर्ण हुने मुख्य सचिव शंकरदास वैरागीले बताएका छन् । 
गत २४ साउन २०७९ माअख्तियार अनुसन्धान दुरुपयोग आयोगले गरेको अन्तरक्रियाकार्यक्रममा सरकारका मुख्यसचिव वैरागीले कार्यसम्पादन करार निर्देशिका कानुन रुपमा लागु भएको उल्लेख गर्दै नजितामुखी काम र सुशासनको लागि यो महत्वपूर्ण हुने बताएका थिए । मुख्यसचिव वैरागीले तत्कालीन गृह सचिव राईले थालनी गरेको यो संस्थागत बनेको भन्दै खुसी पनि व्यक्त गरेका थिए ।

Related Posts

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

राजेश्वर श्रेष्ठको 68 औँ जन्मदिन समाजसेवा र पारिवारिक मिलनसहित भव्य रूपमा सम्पन्न

श्रीजा श्रेष्ठ समाजसेवी तथा मेडिकल व्यवसायीले आफ्ना बुवा राजेश्वर श्रेष्ठको 68औँ जन्मदिन विशेष रूपमा मनाउनुभएको छ। जन्मदिनको अवसरमा…

ByByYOUTV Nepal ७ महिना अगाडि

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

  अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल…

ByByYOUTV Nepal ७ महिना अगाडि

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्।…

ByByYOUTV Nepal ७ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *