• Home
  • जिवनशैली
  • पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक
Image

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल दवाडी’ नामक युट्युब च्यानलमार्फत रिलिज गरिएको यस भिडियोले सार्वजनिक हुनासाथ दर्शकको राम्रो प्रतिक्रिया पाएको छ।

सुनील दवाडीको प्रस्तुतिमा बनेको भिडियोमा पल र अनिताको जोडीलाई आकर्षक रूपमा देखाइएको छ। एक–अर्काको प्रेममा डुबेका युवा–युवतीको भावनात्मक कथालाई सरल र सुन्दर शैलीमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन चर्चित कोरियोग्राफर तथा निर्देशक विक्रम चौहानले गरेका हुन्।

गीतमा ध्रुव बीके र मनिषा सुनारको मधुर स्वर सुन्न सकिन्छ। शब्द तथा संगीत ज्ञानेन्द्र गिरीको रहेको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।

अभिनेत्री अनिता गिरी यसअघि एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो ‘बैगुनीले गएको थियो छोडेर’ हो। म्युजिक भिडियोसँगै उनी पछिल्लो समय चलचित्र क्षेत्रमा पनि सक्रिय छिन्।

अनिताले हालसम्म आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। उनका फिल्महरूमा ‘नम्बरी सुन’, ‘दान्भी’, ‘रावायण’ र ‘आउट ल’ लगायत छन्। यीमध्ये केही फिल्म प्रदर्शन भइसकेका छन् भने केही प्रदर्शनको तयारीमा छन्।

पछिल्लो समय अनिता गिरी व्यस्त मोडल तथा अभिनेत्रीका रूपमा दर्शकमाझ चिनिँदै !!https://youtu.be/sRdJYBMw0C0?si=-J_NApli9IjOxLv7&fbclid=IwZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEe3SHFve-W4P02j8A5ylfS4-jMXSRyzVUmYuAv5sapC1SmhBT5YlyLWpD9RwE_aem_jgckdnKinZ-gmPkKRHOpEA

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ३ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ८ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *