राजेश्वर श्रेष्ठको 68 औँ जन्मदिन समाजसेवा र पारिवारिक मिलनसहित भव्य रूपमा सम्पन्न
By YOUTV Nepal
४ महिना अगाडि
Comments: 0
श्रीजा श्रेष्ठ समाजसेवी तथा मेडिकल व्यवसायीले आफ्ना बुवा राजेश्वर श्रेष्ठको 68औँ जन्मदिन विशेष रूपमा मनाउनुभएको छ।
जन्मदिनको अवसरमा समाजसेवा कार्यक्रमसँगै पारिवारिक मिलन आयोजना गरिएको थियो। कार्यक्रममा श्रेष्ठ परिवारका सदस्यहरू राजेश्वर श्रेष्ठ, सरिता श्रेष्ठ, सिलिका श्रेष्ठलगायतको उपस्थिती रहेको थियो। सबैले परिवारको पहिचान र एकताको सन्देश दिएका थिए।
कार्यक्रममा सामाजिक सेवामार्फत सहयोग प्रदान गरिनुका साथै परिवारबीच आत्मीय भेटघाट र खुसी साटासाट गरिएको थियो। बुवाको जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी समाजप्रतिको दायित्वसँग जोडेर मनाइएको सहभागीहरूले बताएका छन्।
समाजसेवा, सम्मान र पारिवारिक सद्भावले भरिएको यो कार्यक्रम उपस्थित सबैका लागि स्मरणीय बनेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि