सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिए

5.0kViews
9 Shares

सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन।

थपलियाले गोलबजारबाट दाबानल नामक अनलाइन संचालन गरेका छन्। यस अनलाइनमा थपलियाले आज गोलबजार नगरपालिकाका ‘प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षको अघोषित साझेदारी ठेक्कामा परियोजना संचालन’ शीर्षकमा समाचार लेखेका थिए।

यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत केसी असन्तुष्ट हुँदै थपलियालाई पटकपटक फोन गरेका थिए। थपलियाले नागरिकन्यूजसँग भने, ‘फोन उठाउने बित्तिकै केसी सर आगबबुला हुँदै तथानाम भन्न थाल्नुभयो। मैले शान्त हुनुस् अनि कुरा गरौंला भनिरहेँ तर उहाँले धम्काउन सुरु गरेपछि गोली हानिदिन्छु भनेरै छोड्नुभयो।’

अधिकृत केसीसँगको संवाद पत्रकार थपलियाले रेकर्ड गरेर सार्वजनिक गरेका छन्।संवादमा पत्रकार थपलिया फोन उठाउने बित्तिकै अधिकृत केसी भन्छन् –अर्जुनजी तपाईँ कहाँ हुनुहुन्छ अहिले ? म त्यही आउँछु।

अर्जुन–तपाईँ शान्त हुनुस् अनि कुरा गरौंला। म बाहिर छु।

केसी–ए छोड्नु न यार तपाईँ जति मान्छेलाई म एक्लै काफी छु क्या। तपाईँ हावादारी कुरा गर्ने ? गोलबजारमा यस्तो भयो उस्तो भयो भन्दै बार्गेनिङ गर्ने तपाई ? तपाई दुनियाँलाई थर्काएको मलाई थाहा छैन। तपाईँ कुन हैसियतको मान्छे मलाई थाहा छैन। मलाई सबै कुरा थाहा छ। तपाईँ मेरो जति रेकर्ड राख्नु भएको छ नि त्यो भन्दा बेसी रेकर्ड मेलै तपाईँको राखेको छु। तपाईँ मलाई बर्बाद गर्न चाहनुहुन्छ भने मैले पनि तपाईँलाई एक सेकेन्डमा बर्बाद गरिदिन्छु’

संवादमा केसी एकोहोरो थपलियालाई फोनमा धम्क्याइरहेको सुनिन्छ। संवादको बीचमा केसीले फेरी थपलियालाई भने–तपाईँ कहाँ हुनुहुन्छ भन्नुस् म त्यही आउँछु। थपलियाले भने, ‘म बाहिर छु सर, आउँदै छु।’

‘वडा अध्यक्षले बाटो भएको ठाउँमा बाटो छैन भनेर सिफारिस गरेको जिम्मेवारी मैले लिने हो ? मैले लिने हो ? हँ कि के हो ? मैले लिने हो भन्या।

थपलिया जवाफमा भन्छन्, ‘यो प्रश्नको उत्तर मैले दिन सक्दिन सर, तपाईँलाई।

‘लोकतन्त्रको कुरा छोड्नुस् न मलाइ बनाउनुस् प्रधानमन्त्री ल कसरी चलाउनु पर्छ’ प्रधानमन्त्री मलाई थाहा छ भन्दै केसीले थपलियालाई धम्क्याउँदै भने,‘हावा कुरा नगर्नुस् है तपाईँ।’ तपाईँ मेरो पछाडि लागे म तपाईँको पछाडि लागेर कसरी के गर्नुपर्छ मलाइ थाहा छ क्या तपाईँले’ केसीले थपलियालाई धम्क्याएँ ,‘ख्याल गर्नुस् फेरी, तपाईँलाई धम्की भयो धम्की।’

‘म काम गर्न आएको कर्मचारी हुँ तपाई मेयरको दुनियाँको कुरामा मलाई जोडेर लेख्ने काम बन्द गर्नुस् केसीले कसम खाँदै भने,‘तपाईँलाई म छोड्दिन, कसम भन्छु।’ गोली हान्दिन्छु जेल जान्छु रेकर्ड राख्नुस्, गोली हान्दिन्छु जेल जान्छु म। बिस वर्ष जेल बस्छु। के छ ध्यान गरेर बस्छु जेलभित्र।’

एक मिडिया संग कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत केसीले भने,‘ मैले रिस उठेर अति भएपछि गोली हानेर जेल बस्छु भनेकै हो। तर, यो केबल रिसको बोली हो उनले प्रष्ट्उन खोजे, ‘म पालिकाको कर्मचारीसँग बन्दुक कहाँ हुन्छ र गोली हान्नु। अर्जुनजीलाई पटकपटक हावादारी सूचना प्रवाह नगर्न आग्रह गर्दा पनि उहाँ मान्नु हुन्न कहिले मेयर श्यामलाई जेल हाल्छु भन्छ, कहिले माननीय लिलानाथ श्रेष्ठलाई जेल हाल्छु भन्छ। जोसुकैलाई जेसुकै गरुन् तर तथ्यभन्दा फरक सूचना प्रवाह गरेर काम गर्ने वातावरण नबिथोलिदिन मैले उहाँलाई पटकपटक आग्रह गरेको छु। कानुन मलाई पनि थाहा छ म कानुनभन्दा माथि हुँदै होइन। आवेशमा फोन गरेर भनेको कुरा मैले नै भनेको हुँ, ढाँट्दिन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय