सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना सार्वजनिक

1.7kViews
7 Shares

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना सार्वजनिक गरेको छ ।

उक्त उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ ।

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफनै ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सकिने बताएको छ ।

यस उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि., अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ ।

माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सकिने छ ।

साथै ५ ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि.जी.को सामान साट्न सक्ने सुबिधा पनि रहेको छ ।

उक्त योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
33°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 37°C
Wind: 6km/h SE
Humidity: 48%
Pressure: 1010.16mbar
UV index: 8
11 am12 pm1 pm2 pm3 pm
35°C
36°C
37°C
38°C
38°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय