सप्तरीमा निर्वाचन आचार संहिताको खिल्ली, डाक्टर झा यादवको प्रचारप्रसारमा

945Views
0 Shares

काठमाडौं, १९ कात्तिक । निर्वाचन आचार संहिताअनुसार सरकारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्तिले कुनै पनि प्रचारप्रसार वा भोट माग्दै हिड्नु हुँदैन् । यस्ता व्यक्ति निश्पक्ष बसेर मतदातालाई उनीहरूको मतको सही प्रयोग गर्नु पर्छ । तर, सप्तरीका निर्वाचन क्षेत्रहरूमा भने यस्तो अवस्था छैन । यहाँका कर्मचारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्ति नै आफूअनुकुलको उम्मेदवार जिताउन अग्रमोर्चामा कुदिरहेका छन् ।

डा. रञ्जित झा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् । उनी अहिले जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई जिताउन रातदिन निर्वाचन क्षेत्रमा खटिरहेको भेटिन्छ । उनलाई कार्यालयमा भन्दा पनि अचेल सप्तरी क्षेत्र नम्बर २ तिर प्रचार प्रसार गरिरहेको भेटिने स्थानीयको भनाई छ । यादवको फेसबुक एकाउण्टमा पोष्ट गरिएको भिडियोमा पनि डा. झाले जसपाका नेता कार्यकर्ता माझ प्रशिक्षण दिए झै गरेको प्रष्ट देखिन्छ ।

डा. झाकी दिदी रञ्जु ठाकुर पनि जसपाबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार छिन् । नेपाल सरकारको तलब खाने डा। झाले उपेन्द्र यादवको सामाजिक सञ्जाल एकाउण्टमार्फत आम मतदातालाई गजेन्द्रनारायण सिंह अस्पतालको नायकको रुपमा प्रस्तुत गर्नु निर्वाचन आचार संहिताको विपरीत रहेको स्थानीयको भनाइ छ । यसअघि राजविराज नगरपालिकाका अधिकृत मनोजकुमार यादवले खुल्लेआम यादवको प्रचारमा लागेपछि उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय