Trending

सगरमाथा एकेडेमीमा भव्य रंगोली प्रतियोगिता सम्पन्न

3.0kViews
8 Shares

 

बिरगंज – सगरमाथा एकेडेमी, बिरगंजमा प्रत्येक वर्षझैं यस वर्ष पनि रंगोली बनाउने प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। असोज ३१ गते, शुक्रबारको दिन आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो — जुनियर टोलीमा कक्षा १ देखि ४ सम्म र सिनियर टोलीमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए।

कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक तथा नेशनल प्याब्सन नगर कार्य समितिका अध्यक्ष श्री जियालाल गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय समिति इकाइ पर्साका प्राविधिक सहायक श्री मनोज चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डाइमेन्सन स्कुलका संस्थापक श्री बसन्त चौधरी, रिचा पब्लिक स्कुलका संस्थापक श्री नारायण शाह, बुद्ध एकेडेमी स्कुलका संस्थापक श्री सोनेलाल पटेल तथा अभिभावक, शिक्षक तथा शिक्षिकाज्यूहरूको समेत सहभागिता रहेको थियो।

विद्यार्थीहरूले आ–आफ्ना सिर्जनात्मकता र कलात्मक क्षमताको प्रयोग गर्दै आकर्षक रंगोली प्रस्तुत गरेका थिए। विद्यालयका संयोजक श्री संजीव यादवका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा संस्कार, सीप, सिर्जनात्मकता र सांस्कृतिक चेतनाको विकास गर्नु रहेको थियो। प्रतियोगिताजस्तो सिर्जनात्मक कार्यक्रममा विद्यार्थीहरू सहभागी गराउँदा उनीहरूको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पर्ने विद्यालयको विश्वास रहेको छ।

विद्यालयका प्रधानाध्यापक श्री गुप्ताले भने, “हाम्रो लक्ष्य केवल राम्रो अंक ल्याउने विद्यार्थी उत्पादन गर्नु होइन, बरु सक्षम र जिम्मेवार नागरिक तयार गर्नु हो। त्यसैले हामी शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूमा नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्व जस्ता गुणहरू विकास गर्न सधैं प्रयासरत छौं।”

सगरमाथा एकेडेमीले विगत १६ वर्षदेखि वीरगन्जमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नैतिक शिक्षा, पारिवारिक र सामाजिक जिम्मेवारीको बोध, अनुशासन, र अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिँदै आएको छ। रंगोली प्रतियोगिता जस्ता गतिविधिहरूले विद्यार्थीहरूमा सृजनशीलता, सांस्कृतिक चेतना र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालय प्रशासनले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय