• Home
  • ताजा समाचार
  • इन्चार्ज अजय क्षेत्रीको नेतृत्वमा संग्रामपुरमा तस्करीविरुद्ध कडा अभियान
Image

इन्चार्ज अजय क्षेत्रीको नेतृत्वमा संग्रामपुरमा तस्करीविरुद्ध कडा अभियान

सर्लाही । पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित इलाका प्रहरी कार्यालय संग्रामपुरले सीमा निगरानीका क्रममा ३१ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारतको सीतामढी जिल्ला, थाना बेला पिपरा, ग्राम मुझैलियाका ईजरायल अन्सारी हुन्। उनी पोकामा गाँजा राखी भारततर्फ लैजाँदै गर्दा प्रहरीको निगरानीमा परेका हुन्।

ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा गरिएको सक्रिय निगरानीका कारण छोटो समयमा चोरीमा संलग्न तीन जना व्यक्तिहरू पनि पक्राउ परेका छन्। साथै, करिब २ लाख ५० हजार रुपैयाँ बराबरको किराना सामान भन्सारमा बुझाइएको छ।

स्थानीयवासीले इन्चार्ज क्षेत्रीको कडा निगरानी र जिम्मेवार कार्यशैलीका कारण चोरी र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको बताएका छन्। “अब हामी सचमुच सुरक्षित महसुस गर्छौं। क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि डराउन थालेका छन्,” एक स्थानीयवासीले भने।

संग्रामपुरमा भएको यो पक्राउ र निरन्तर निगरानीले स्थानीय सुरक्षामा नयाँ भरोसा र विश्वास जगाएको जनाइएको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *