वीरगंजमा पर्सा मदिरा व्यवसायी संघको कार्यालय उद्घाटन, सञ्चालक समिति घोषणा
By Birgunj
६ महिना अगाडि
Comments: 0
वीरगंज – वीरगंज महानगरपालिका वडा नं. १६ स्थित बसपार्कमा पर्सा मदिरा व्यवसायी संघको कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।
संघको कार्यालय वीरगंज साइक्लिङ क्लबका अध्यक्ष एवम् व्यवसायी सञ्जय अग्रवालले रिबन काटेर उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै उनले पर्सा जिल्लामा मदिरा व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमकै अवसरमा पर्सा मदिरा व्यवसायी संघको सञ्चालक समितिको औपचारिक घोषणा पनि गरिएको थियो।
घोषित समितिमा अध्यक्षमा चिनीलाल पटेल, उपाध्यक्षमा सन्दीप कुमार गुप्ता, महासचिवमा प्रदीप कुमार लोहार, सचिवमा रजनीश कुमार, कोषाध्यक्षमा राकेश कुमार साह चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा मनीष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रजित जयसवाल रहेका छन्। संघको प्रेस सल्लाहकारमा सन्तोष पटेल रहनुभएको छ।
संघका अध्यक्ष पटेलले जिल्लाभित्रका सबै मदिरा व्यवसायीहरूलाई एकत्रित गरी व्यवसायमा पारदर्शिता, अनुशासन र ऐक्यबद्धता ल्याउने लक्ष्य संघको रहेको बताए। उपाध्यक्ष गुप्ताले संघले व्यापारिक हितसँगै सामाजिक उत्तरदायित्वमा पनि क्रियाशील भूमिका खेल्ने प्रतिवद्धता जनाए।
उद्घाटन कार्यक्रममा विभिन्न व्यवसायी, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा महासचिव प्रदीप कुमार लोहारले उपस्थित सम्पूर्ण अतिथि एवं सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको जानकारी दिए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि