संसदीय सुनुवाइ समितिको छलफलमा उजुरीकर्ता सहभागी

1.4kViews
0 Shares

काठमाडौं, ३१ जेठ । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरु सहभागी भएका छन् । 

यसअघि बुधबार नै संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै छलफल बहिस्कार गरेका उजुरीकर्ताहरु समितिको वैधतामाथि सामूहिक छलफल गर्ने सहमतिपछि बैठकमा सहभागी भएका हुन् । 

समिति सचिव पदम पाण्डेलगायत सचिवालयसँग भएको छलफलपछि अधिवक्तासमेत रहेका युवराज कोइरालासहित उजुरीकर्ता छलफलमा सहभागी भएका हुन् । 

बुधबार उजुरीकर्तासँग छलफल गर्न लागेको समितिले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएका छन्।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय