• Home
  • राजनीति
  • सरकारलाई निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन
Image

सरकारलाई निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन

काठमाडौं, ३१ जेठ । सरकारलाई जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको हो । 

यही १५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषय समावेश गरिएको भन्दै सदनदेखि सडकसम्मबाट सरकारको आलोचना भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने बताउँदै आएका छन् । 

यही बेला बुधबार बसेको समिति बैठकले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिइएको हो ।
 

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ४ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ५ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ५ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *