Trending

लायन्स डिस्ट्रिक्ट ३२५ पी एरिया–१ द्वारा “मिसन १.५ ट्रेनिङ” भव्य रूपमा सम्पन्न

2.9kViews
10 Shares

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, एरिया–१ द्वारा आयोजना गरिएको “मिसन १.५ ट्रेनिङ” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा लायन्स क्लबका सदस्यहरू, गैर–लायन्स अतिथि तथा विभिन्न क्षेत्रका सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख स्रोत व्यक्ति तथा जीएमटी को–कोर्डिनेटर बिनोद खरेल ले आफ्नो अनुभव र ज्ञान साझा गर्दै सहभागीहरूलाई प्रेरणा प्रदान गर्नुभएको थियो। उहाँको मार्गदर्शनले प्रशिक्षणलाई थप उपयोगी बनाएको सहभागीहरूको भनाइ छ।

कार्यक्रम आयोजना गर्न द ब्रिटिस कलेज मा स्थान व्यवस्थापन गरिदिनु भएकोमा जोन चेयर सरोज महतो र उधब (यू.डी.) गुप्ता प्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै द ब्रिटिस कलेज, काठमाडौंका मार्केटिङ को हेड अमरदीप मण्डल ले दिएको आतिथ्य र सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।

कार्यक्रमको प्रचार–प्रसार तथा सञ्चारमा सक्रिय भूमिका निर्वाह गर्नु भएकी बिमा महर्जन को योगदान उल्लेखनीय रहेको छ। त्यस्तै, क्षेत्रीय संयोजक विदुर बराल र एरिया कोषाध्यक्ष बिना महर्जन ले व्यवस्थापन पक्षलाई सहज बनाएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु भएका जोन चेयर राजन कुवर, अर्को जोन चेयर तथा एलसिआइएफ को–कोर्डिनेटर, सचिवालय प्रमुख दिनेश बुढाथोकी, प्राविधिक सहयोगी प्रज्वल जोशी, फोटोग्राफर लियो रुजेश महर्जन, लियो एरिया–४ प्रमुख संयोजक नाबराज भण्डारी लगायत सबैलाई आयोजकले धन्यवाद दिएको छ।

कार्यक्रममा मनोवैज्ञानिक पेमा चोडेन को विशेष उपस्थिति र एनआइएमबीकी लायन पल्लवी गुरुङ ले स्रोत व्यक्तिको रूपमा दिएको योगदानलाई पनि प्रशंसा गरिएको छ। साथै डिस्ट्रिक्ट को–चिफ एडभाइजर बाबुराम निरौला र सोनाली गुरुङ को निरन्तर मार्गदर्शनप्रति आभार व्यक्त गरिएको छ।

कार्यक्रमको नेतृत्व सगुन धाख्वा  एरिया प्रमुख र निरन्तर सहयोगका लागि डिस्ट्रिक्ट गभर्नर बलराम भट्टराई प्रति आयोजकले कृतज्ञता जनाएको छ। अन्त्यमा, मार्गदर्शक तथा अभिभावकको रूपमा साथ दिँदै आउनु भएका पीडीजी अनूप पहाडी र अर्का पीडीजी प्रति विशेष सम्मान र धन्यवाद व्यक्त गरिएको छ।

आयोजकका अनुसार यस्ता प्रशिक्षण कार्यक्रमहरूले लायन्स अभियानलाई अझ मजबुत बनाउँदै समाजसेवाको यात्रालाई अगाडि बढाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय