• Home
  • समाचार
  • उज्यालो नेपाल पार्टी पर्सा जिल्ला संयोजकमा समाजसेवी रामबाबु यादव नियुक्त
Image

उज्यालो नेपाल पार्टी पर्सा जिल्ला संयोजकमा समाजसेवी रामबाबु यादव नियुक्त

वीरगञ्ज – उज्यालो नेपाल पार्टीले पर्सा जिल्ला संयोजकमा समाजसेवी रामबाबु यादवलाई नियुक्त गरेको छ। उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष अनुप उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यादवलाई पार्टीको पर्सा जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।

कार्यक्रममा पार्टीका संरक्षक, उज्यालो नेपालका नायक तथा नेपाल सरकारका पूर्व ऊर्जा, जलस्रोत, सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मधेश प्रदेशका केन्द्रीय सदस्यहरू लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पार्टीका अनुसार भ्रष्टाचारमुक्त समाज निर्माण, युवालाई नेतृत्वमा जोड्ने अभियान तथा निरन्तर जनसेवामा सक्रिय भूमिकाका कारण यादवलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो। सामाजिक सेवासँगै शिक्षा क्षेत्रमा यादवको योगदान उल्लेखनीय रहँदै आएको पार्टीले जनाएको छ।

आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई विद्यालयसम्म जोड्ने पहल, शैक्षिक सामग्री सहयोग, शैक्षिक चेतना अभिवृद्धि कार्यक्रम तथा विद्यार्थी मार्गदर्शनमार्फत उनले पर्साका विभिन्न समुदायमा सकारात्मक प्रभाव पार्दै आएका छन्।

नवनियुक्त जिल्ला संयोजक यादवले पर्सामा पारदर्शी, उत्तरदायी र जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाको सहभागिता बढाउने तथा शिक्षा, रोजगारी र आधारभूत सेवाका क्षेत्रमा जनताका समस्याको समाधानमा परिणाममुखी रूपमा काम गर्ने बताएका छन्।

पार्टीले यादवको नेतृत्वमा पर्सा जिल्लामा संगठन थप सुदृढ हुने र शिक्षा, सुशासन तथा जनसेवामार्फत जनविश्वास अझ मजबुत हुने अपेक्षा व्यक्त गरेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *