लायन्स डिष्ट्रीक्ट ३२५P को तेस्रो अधिवेशनमा अन्तर्राष्ट्रिय डाइरेक्टरको लागि MJF लायन अरुण प्रताप राणालाई १००% समर्थन
By YOUTV Nepal
१ महिना अगाडि
Comments: 0
लायन्स डिष्ट्रीक्ट ३२५P द्वारा आयोजित तेस्रो जिल्ला अधिवेशनमा अन्तर्राष्ट्रिय डाइरेक्टर पदको लागि यस क्षेत्रका सम्माननीय व्यक्तित्व MJF लायन अरुण प्रताप राणालाई १००% समर्थन गरिएको छ। अधिवेशनले लायन वर्ष २०२५/२६ का लागि निर्वाचित डिस्ट्रिक्ट गर्भनर PMJF लायन बलराम भट्टराई, प्रथम उप-डिस्ट्रिक्ट गर्भनर MJF लायन सन्दीप कसौंधन, दोस्रो उप-डिस्ट्रिक्ट गर्भनर PMJF लायन मीना पन्थी, मनोनीत क्याबिनेट सचिव MJF लायन ए. एम. एल. पाण्डे र क्याबिनेट कोषाध्यक्ष MJF लायन संगम न्यौपानेलाई समेत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अधिवेशनमा सहभागी सम्पूर्ण लायन सदस्यहरूले एकता, प्रतिबद्धता र सेवाको भावना झल्काउनेगरी सहभागिता जनाएका थिए। कार्यक्रमले संगठनको भावी नेतृत्वप्रति दृढ समर्थन र विश्वास व्यक्त गर्दै भावी योजनाहरूलाई अझ प्रभावकारी बनाउने दिशामा मार्गप्रशस्त गरेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान २ महिना अगाडि