काठमाडौं, २०८१ चैत ९ – जय माँ दुर्गा भवानी पूजा समितिकी अध्यक्ष हेमा साहको नेतृत्वमा पशुपति क्षेत्र, गौशाला–९ मा यस वर्षको चैते दशैं भव्य र श्रद्धापूर्वक सम्पन्न भएको छ। समितिले कार्यक्रम समापनपश्चात् एक विज्ञप्ति जारी गर्दै पूजाको सम्पूर्ण अनुष्ठान सफलता साथ सम्पन्न भएको जानकारी दिएको हो।
समारोहमा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनुका साथै धार्मिक वातावरणले सम्पूर्ण क्षेत्र भक्तिभावमा रंगिएको थियो। भूमि पूजनदेखि पूजाको मुख्य कार्यक्रमसम्म समितिले व्यवस्थित तयारीसहित कार्यक्रम सम्पन्न गरेको जनाइएको छ।
समितिले सम्पूर्ण सहभागी, सहयोगी संघसंस्था तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा यस्ता धार्मिक कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।












