लागुऔषधसहित तीनजना पक्राउ

1.5kViews
0 Shares

काठमाडाैं, ३१ जेठ । बाँके र कपिलवस्तुबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष  सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ पुलचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई  दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय तोरण बहादुर थापा र २४ वर्षीय किसन पौडेल रहेका छन् ।

थापाको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय