Image

सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन

खड्क सुनार
मुगु, ३१ जेठ । मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् ।  आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरु प्रविधिमय बन्न थालेका छन् । 

विद्युतीकरण र ईन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन हुन थालेको छ । आधुनिक प्रविधिको जमाना अनुसारकै कम्प्युटर शिक्षा प्रभावकारी बन्दै गएको छ ।

 
मुगुका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पठनपाठन थालनी गरेपछि  विद्यार्थीको आकर्षण बढेको छ । बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा सुरु भएपछि दुर्गमका विद्यार्थीहरु निकै उत्साही भएको कक्षा ६ मा अध्ययनरत विद्यार्थी.निराजन बुढाले बताए ।  

ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यता समेत हटेको छ । प्राय: मुगुका विद्यार्थी किताब अभावकै कारण पठनपाठनमा सास्ती खेपि रहेका विद्यार्थीहरू पछिल्लो समय गाउँ घरकै विद्यालयमा कम्प्युटर शिक्षा लिन पाएपछि खुसी लागेकाे विद्यार्थी मनकी माया बढुवालले बताइन् । 

कम्प्युटर शिक्षा लागु भएपछि पछिल्लो समय विद्याथीहरुको पठनपाठनमा उत्तिकै सहभागिता रहेको छ । पाठ्यक्रम विकासले पनि अहिले कम्प्युटर विषयको किताब नै राखिदिएपछि १० वटा कम्प्युटरबाट शिक्षा दिइरहको विद्यालयले जनाएको छ । दुई वर्षदेखि सञ्चालनमा आएको आधारभूत कम्प्युटर शिक्षा कक्षा ६ , ७ , ८ लाई यो शिक्षा प्रदान गरि रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक विटालुले जानकारी दिए ।   

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास रहेको छ । ई–लर्निङ्ग कक्षामा एकैपटक एक सय भन्दा बढि विद्यार्थीहरुले विषयगत पाठ्यसामग्री र अन्य सन्दर्भसामग्री लगायत विविध विषयमा अध्ययन गर्न सकिने भएपछि सहजता थपिएको छ ।

Related Posts

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ महिना अगाडि

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal १० महिना अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *