• Home
  • अन्तराष्ट्रिय खबर
  • द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित
Image

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे तथ्य सार्वजनिक गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।
कलेजका अनुसार द ब्रिटिश कलेज नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालन भइरहेको प्रतिष्ठित उच्च शैक्षिक संस्था हो। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग औपचारिक सहकार्यमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट गरिएको छ।
कलेजले दुबईस्थित द वुलविच इन्स्टिच्युटलाई त्यहाँको कानुनअनुसार सञ्चालनमा रहेको स्वतन्त्र शैक्षिक संस्था भएको उल्लेख गरेको छ। हाल उक्त संस्थामा २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।
Hospitality Management Foundation कार्यक्रम अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भएको र यसअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई दुबईमा Higher National Diploma (HND) अध्ययन गर्ने अवसर प्रदान गरिएको कलेजको भनाइ छ। HND सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरूले आवश्यक मापदण्ड पूरा गरी दुबई, बेलायत वा अष्ट्रेलियाका साझेदार संस्थामा Top-Up Bachelor’s Degree अध्ययन गर्न सक्ने व्यवस्था रहेको कलेजले जनाएको छ।
इन्टर्नशिपका विषयमा कलेजले स्पष्ट रूपमा ग्यारेन्टी नदिइने जानकारी भर्ना अगावै विद्यार्थीहरूलाई दिइने गरेको जनाएको छ। दुबई जाने विद्यार्थीहरूका लागि प्रारम्भिक अस्थायी आवासको व्यवस्था तेस्रो पक्ष सेवा प्रदायकमार्फत गरिएको र दीर्घकालीन आवास विद्यार्थीले आफैं व्यवस्थापन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको स्पष्ट गरिएको छ।
कलेजका अनुसार Hospitality Management अध्ययनरत करिब ५१ विद्यार्थीमध्ये ९ जना व्यक्तिगत असन्तुष्टिका कारण नेपाल फर्किएका थिए। ती विद्यार्थीहरू नेपाल फर्किएपछि कलेजले अभिभावक तथा विद्यार्थीहरूसँग औपचारिक छलफल गरी समाधानको प्रयास गरेको र छलफल सकारात्मक ढंगले अघि बढिरहेको अवस्थामा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाइएको उल्लेख गरिएको छ।
कलेजले केही बाह्य व्यक्तिहरूले विद्यार्थीको नाम प्रयोग गरी अनधिकृत भिडियो, पर्चा तथा उक्साहटपूर्ण गतिविधि गरेको आरोप लगाएको छ। यस क्रममा कलेजको शैक्षिक वातावरण अवरुद्ध गर्ने, कर्मचारीमाथि दुर्व्यवहार गर्ने तथा कार्यालयमा तोडफोडसमेत भएको कलेजको भनाइ छ। शैक्षिक वातावरण सुरक्षित राख्न सुरक्षानिकायको सहयोग लिनुपरेको पनि कलेजले जनाएको छ।
द ब्रिटिश कलेजले आफूमाथि लगाइएका शोषण तथा मानव तस्करीसम्बन्धी सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार गर्दै ती आरोपहरू असत्य, आधारहीन र मानहानीपूर्ण भएको स्पष्ट गरेको छ।
कलेजले विद्यार्थीको सुरक्षा, मर्यादा र दीर्घकालीन हितलाई प्राथमिकतामा राख्दै सबै शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको जानकारी गराएको छ। पठनपाठन, मूल्याङ्कन तथा परीक्षा तोकिएको शैक्षिक क्यालेन्डरअनुसार नै सञ्चालन हुने कलेजको भनाइ छ।
अन्त्यमा, कलेजले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई अपुष्ट र भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै खुला, पारदर्शी र जिम्मेवार संवादमार्फत समस्या समाधान गर्न सदैव तयार रहेको स्पष्ट गरेको छ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १२ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १४ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *