पर्सा-१ मा प्रदीप यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा

930Views
0 Shares

वीरगञ्ज, १६ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन जसपाका महिला नेतृ र कार्यकर्ताहरुले पनि मतदातासँगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

समाजवादी महिला सङ्घ मधेश प्रदेशकी उपाध्यक्ष पीङ्की यादवको अगुवाइमा महिला नेता कार्यकर्ताहरुले दिनहु घरदैलो गर्दै मतदातालाई भेटेर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारका लागि मत मागिरहेका छन् ।

यसैक्रममा बुधबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा जसपाका महिला नेतृ र कार्यकर्ताहरुले घरदैलो गर्दै मतदातासँग भेटेका छन् ।

मतदातासँगको भेटघाटमा उनिहरुले मधेशका लागि मरिमेट्दै आएका जसपाकै कारण मधेसी, महिला, दलित, मुस्लिम लगायतले पहिचान र अधिकार पाएकाले जसपा नै मधेसको सच्चा पहरेदार भएको बताए ।

पर्सा-१ मा जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव मधेशका महिलाहरुको हक अधिकारको पक्षमा सडकदेखि सदनसम्म आवाज उठाउने नेता भएको भन्दै जसपाका नेतृहरुले यसपालि फेरि यादवको जित आवश्यक रहेको बताए ।

यादवले फेरि जिते मात्रै मधेसका महिलाहरुको हक अधिकार सुनिश्चित हुने भन्दै उनिहरुले आफनो मत जसपालाई दिएर यादवलाई जिताउन आग्रह पनि गरे ।

घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय