• Home
  • Uncategorized
  • स्वतन्त्र उम्मेदवारी दिएको दिनदेखिनै मतदाता माझ लोकप्रिय रहेका पटेललाई आज वीरगञ्ज महानगरपालिका वडा नं. १४ को बहुअरीमा घरदैलो कार्यक्रमका बेला स्थानीयले स्वागत
Image

स्वतन्त्र उम्मेदवारी दिएको दिनदेखिनै मतदाता माझ लोकप्रिय रहेका पटेललाई आज वीरगञ्ज महानगरपालिका वडा नं. १४ को बहुअरीमा घरदैलो कार्यक्रमका बेला स्थानीयले स्वागत

बिगत १८ वर्षदेखि विद्यार्थी राजनीतिको सुरुवात गरि तत्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका पर्सा क्ष्ँेत्र नंं. १ (क) बाट विधायक पदका स्वतन्त्र उम्मेदवार सुधिर पटेल घरदैलो कार्यक्रममा व्यस्त छन् ।
स्वतन्त्र उम्मेदवारी दिएको दिनदेखिनै मतदाता माझ लोकप्रिय रहेका पटेललाई आज वीरगञ्ज महानगरपालिका वडा नं. १४ को बहुअरीमा घरदैलो कार्यक्रमका बेला स्थानीयले स्वागत गरेका छन् । विद्यार्थी, तरुण, युवा तथा अग्रजहरुको सुख, दुख र समस्यामा सहयोग गरेको सम्झदै जनताले आफ्नो अमूल्य मत दिएर जिताउने आश्वासन दिएका छन् । आफू जितेको खण्डमा आफ्नो क्ष्ँेत्रमा आमूल परिवर्तन गर्ने सुधिरले जनता समक्ष्ँ बाचा समेत गरेका छन् ।
प्रायः दिनहुं जनताको घरदैलो पुग्ने सुधिर यसपाली मतदाताले परिवर्तन खोजेको र यसपालिको चुनावमा स्वतन्त्र उम्मेदवार प्रति जनताको सहानुभूति देखिएको छ । देशको मुख्य राजनैतिक दलले आफ्नो सिद्धान्त र नैतिकतालाइ भुलेर जनतालाई बेवकुफ बनाउने योजनाको डटेर सामना गर्नु पर्ने मतदाताहरुको बुझाई छ । पर्साको हरेक क्ष्ँेत्रमा विकासका लागि गठबन्धनको बिरुद्ध र आफ्नो क्षेत्रका लागि सक्षम उम्मेदवारकोे विकल्पको रुपमा सुधिरले स्वतन्त्र उमेदवारी दिएका छन् ।
“यूवा देशका मेरुदण्ड हुन् । यूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन । राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्ष्ँेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको छ ।” उनले दोहो¥याए–“समाजमा परिवर्तनका लागि यसपाली मतदाताले पनि जिम्मेवारीका साथ आफ्नो अमुल्य मत सही ठाउ“मा प्रयोग गर्नेछन् ।”

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *