पर्सा मिलन केन्द्र चैति छठको अवसरमा निशुल्क स्वास्थ्य शिविर गुहेश्वरी काठमाडौं

5.0kViews
7 Shares

यस पर्सा मिलन केन्द्र ,काठमाडौं केन्द्रका वर्तमान कार्यसमिति महासचिव एवं जन स्वास्थ्य कीट विशेषज्ञ श्री ललन प्रसाद साह सहित को‌ टोलि निशुल्क स्वास्थ्य शिविर गुहेश्वरी काठमाडौं मा राखेका छन || काठमाडौंमा बसोबास गर्दै आएका पर्सा जिल्लाबासीहरुका बीचमा आपसी मेलमिलाप, भाइचार, सदभाव र सहयोग कायम गर्ने उदेश्यले यो संगठनको ३२ वर्ष अघि स्थापना भएको थियो।

इन्जिनियर उमेशकुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय कमिटी छन् || प्रथम उपाध्यक्षमा अमुसिंह सिजापति, उपाध्यक्षमा उताउल्लाह अंसारी, महासचिवमा ललन प्रसाद साह, कोषाध्यक्षमा प्रदिप कुशवाहा, सचिवमा किरण कुमारी गुप्ता, प्रचार सचिवमा राजवली प्रसाद कुशवाहा र सहायक सचिवमा सविता राज कर्णिकार रहेका छन्।

छठ पर्वको को महत्व कसरी गरिन्छ ?

छठ पूजा को दोस्रो दिन चैत शुक्ल पञ्चमी तिथिमा खरनाको दिन ब्रतालुहरु बिहानको खाना नखाई, दिन भरी व्रत बस्छन।

खरनाको राति ‘चामल र गुड्’ बाट बनेको खिर प्रसादको रुपमा छठी माईलाई खरना पुजामा अर्पण गर्छन्।

आँपको दाउरा तथा गोईठाको आगोको हवनमा प्रसाद, धुप, तिल, जौं आदिबाट हवन गरिन्छ। माटो बाट बनेको नयाँ चुलोमा गोईठा तथा आँपको दाउराको आगोमा प्रसाद पकाइन्छ।

यस दिनमा ब्रतालुले नुन खान नहुने मान्यता छ।

ब्रतालुहरु खरनाका दिनभरि भोकै बस्छन र राति खरना पुजाको प्रसाद ‘चामल र गुड्’ बाट बनेको खिर मात्र खान्छन्।

खरना पश्चात छठ ब्रतालुहरुले ३६ घण्टाको निर्जला उपवास ब्रत ‘पारना’ सम्म बस्छन्।

छठको प्रारम्भ शुक्रबार ‘नहाय खाय’ विधिबाट सुरू भएको थियो।

छठ प्रारम्भसँगै नजिकका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। पर्वमा महिलारपुरुष जसले व्रत गरे पनि हुने विधान शास्त्रीय मत भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ।

ब्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ।

यो विधिलाई ‘सझीया अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ।

यसपालि चैति छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिने छ।

कठोर ब्रत गरी मनाइने छठ पर्वको मधेसमा विशेष महत्व छ। मधेसमा छठ पूजा वर्षमा दुइ पल्ट हुन्छ। पहिलो छठपूजा कार्तिक महिनामा हुन्छ भने दोश्रो छठ पूजा चैत्र महिनामा हुन्छ । यस परम्परालाइ शारदीय तथा वासन्तिक छठ पनि भन्ने गरिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय