Trending

चीनको कोइला खानीमा विष्फोट हुदाँ १० जनाको मृत्यु

600Views
0 Shares

काठमाडौं । मध्य चीनको एक कोइला खानीमा भएको विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । चिनिया सञ्चार माध्यमका अनुसार सो दुर्घटनामा परी ६ जना कामदार बेपत्ता भएका छन् ।स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार पिंगडिङ्सन सहरको खानीमा उद्धार कार्य जारी राख्ने र शहरव्यापी सुरक्षा जाँच गर्ने बताएको छ।

सो भयानक दुर्घटना हुँदा सो कोइला खानीमा जम्मा ४२५ जना भूमिगत काम गरिरहेका थिए । पिङडिङसानको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार स्थानिय समय अनुसार शुक्रबार दिउँसो करिब २ः५५ बजे पिङडिङसान तियानान कोल माइनिङ कम्पनीको स्वामित्वमा रहेको खानीमा कोइला र ग्यास निस्किएर दुर्घटना भएको जनाएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको आपतकालीन निकायले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Clear
7:07 am5:54 pm +0545
Feels like: 12°C
Wind: 5km/h WNW
Humidity: 90%
Pressure: 1013.21mbar
UV index: 0
1 am2 am3 am4 am5 am
11°C
10°C
10°C
10°C
9°C
SunMonTueWedThu
21°C / 7°C
22°C / 8°C
23°C / 10°C
24°C / 10°C
25°C / 10°C

प्रिय न्युज


लोकप्रिय