किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा

835Views
0 Shares

नयाँ दिल्ली, ६ भदौ

दिल्ली प्रहरीले किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा पारेको छ । दिल्ली प्रहरीले जन्तर मन्तरमा किसानहरूको प्रदर्शनअघि दिल्ली–मेरठ एक्सप्रेसवेमा सिंघु र गाजीपुर सीमामा सुरक्षा कडा बनाएको छ ।  उत्तर–पश्चिम दिल्ली र गाजीपुर सीमामा रहेको सिंघु सीमामा अवरोध राखिएको छ । बेरोजगारीविरुद्ध सोमबार किसानहरूले प्रदर्शनअघि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

यसअघि किसानहरूको छाता संगठन संयुक्त किसान मोर्चाले बिहीबारदेखि उत्तर प्रदेशको लखिमपुर खेरीमा ७५ घण्टाको धर्ना सुरु गर्ने घोषणा गरेको थियो ।
जन्तर मन्तरमा आजको किसानहरूको विरोधलाई ध्यानमा राख्दै राष्ट्रिय राजधानीमा अनावश्यक जमघट रोक्नको लागि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

सिंघु, टिकरी र गाजीपुर लगायतका सीमामा अतिरिक्त बलहरू तैनाथ गरिएको छ। राजधानी भित्रिने सबै सवारीसाधन चेकजाँच हुँदा  सहरका विभिन्न भागमा ट्राफिक जाम हुने गरेको छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय