एमाले सांसदको उपस्थितीमा फिल्म ‘दिलमाया २’को प्रिमियर

1.1kViews
0 Shares

काठमाडौं पुष १८

राजु गिरी निर्देशित फिल्म ‘दिलमाया २’लाई सोमबार वीरगञ्जमा प्रिमियर गरिएको छ । एमाले सांसद राजकुमार गुप्ता प्रिमियर समारोहमा उपस्थित रहे ।

प्रिमियरमा भाग लिन निर्देशक गिरी, कलाकारसहित ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपाली पनि पुगेका थिए । फिल्म हेरेपछि सांसद गुप्ताले यसको कथावस्तु र अभिनयलाई रुचाएको जानकारी निर्देशक गिरीले दिए ।

चैत १७ गतेदेखि यो फिल्म देशब्यापी प्रदर्शन हुँदैछ । निर्देशक गिरीले मुलुकका अन्य सहरमा समेत फिल्म प्रदर्शनको तयारी भैरहेको बताए ।

राजु गिरी प्रोडक्सन व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती लगायतको अभियन छ ।

बिष्णु मिराकर र सुस्मिता खत्रीको छायांकन रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । ्

भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय