भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो

1.3kViews
0 Shares

काठमाण्डाै पुस १८

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजाे ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको ज्यान गएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आउनुभएकाे थियाे । 

चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो । हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि ज्यान गएको प्रहरीको भनाइलाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय