एनसीसी र कुमारी बैंकको सेयर कारोबार रोक्का
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ३ असोज
मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले मंगलबारदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंकले सोमबार मर्जरमा जाने सम्झौता गरेका थिए।
मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै बैंक १ः१ अनुपातमा मर्जमा हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जरपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि