आर्थिक विकासका लागि गठबन्धनलाई मत दिन आवश्यक छ– प्रकाशमान सिंह

1.0kViews
0 Shares


काठमाडौं, १९ कार्तिक ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्। नेता सिंह काठमाडौं क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार हुन । आज चुनावी प्रचारका क्रममा उनले यस्तो बताएका हुन । संसद्को २ कार्यकाल संविधान लेखनमा गएको र एक कार्यकाल संविधान जोगााउन लागेको उनको भनाई छ । उनले अब यसलाई कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गरेका छन् । संविधानको अक्षरस पालना गरेर स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत दिन आवश्यक रहेको उनको भनाई छ ।

उनले अधिकांश मतदाताबाट संघीयता अनुसारको तीन तहले पूर्ण रुपमा काम गर्न नसक्दा संघीयताको महसुस हुन नसकेको गुनासो आएको बताएका छन् । नेता सिंहले यसका लागि कांग्रेसलाई म्यान्डेट दिनुपर्ने जिकिर गरेका छन् । नेता सिंहले तीनै तहलाई अधिकार सम्पन्न गर्नका लागि संविधानको अनूसूचीमा रेहको अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको बताएका छन् । यसअघि सरकारमा रहेकाहरुलाई कार्यान्वयनको अबसर थियो तर, संविधान मास्न मात्रै लागि परेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय