श्रीलंका संकटः सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

1.0kViews
0 Shares


कोलम्बो, १९ कात्तिक । उच्च कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौँ मानिसहरुले श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा विरोध प्रदर्शनमा उत्रिएका छन् । विपक्षी राजनीतिक दलहरू, ट्रेड युनिय र नागरिक समाज समूहले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको सहर र मन्त्रायलमा पुगेको थियो । ‘मानिसहरू दिनमा मुश्किलले तीन पटक खाना पाउछन र यो सरकारले बढी भन्दा बढी कर लगाउन बाहेक केही पनि गरेको छैन् । हामीलाई समाधान चाहिन्छ र हामी तिनीहरूका लागि लड्नेछौ’ सिलोको शिक्ष युनियनका सचिव जोसेफ स्टालिनले भने ।

कीर्तिमानि ढंगमा घटेको विदेशी मुद्रा विनिमय सञ्चितिका कारण टापुका २ करोड २० लाख मानिस इन्धन, खाद्यान्न, खाना पकाउने ग्यास र औषधि जस्ता अत्यावश्यक वस्तुको आयात गर्न संर्घष गरिरहेका छन् । जुलाइमा भएको सरकारविरोधी विशाल प्रदर्शनका कारण पूर्व राष्ट्रसित गोटाबाय राजापाक्षेले देश छाड्न बाध्य भएका थिए ।

यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय  श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो । प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता आवश्यक रहेको सो कार्यलयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय