ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ७ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ७ घण्टा अगाडिआज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक विदा
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओेझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।
दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ ।
सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ । वि.सं. २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको थियो । तर गणतन्त्र स्थापनापछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।
सरकारले यही वर्षबाट प्रजातन्त्र दिवसलाई थप महत्वका साथ मनाउने निर्णय गरेको हो । संघमा प्रधानमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूको संयोजकत्वमा दिवस विशेष कार्यक्रम आयोजक समिति गठन गरी दिवस मनाइदैछ । सरकारले घरघरमा दिपावली बाल्न र राष्ट्रिय झण्डा झुकाउन समेत आह्वान गरेको छ ।
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ७ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि