• Home
  • समाचार
  • बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित १६ जना घाइते
Image

बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित १६ जना घाइते

काठमाडौं । तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका–१ गिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा दुर्घटना हुँदा आबुखैरेनी गाउँपालिका–६ का ७२ वर्षीय आसबिर गुरुङ र ब्यास नगरपालिका–९ का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार गएराति साढे १२ बजे आबुखैरेनी गाउँपालिका–१, गिराउनचौरस्थित बरादी हिलेखर्कस्थित भित्री सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिई जाँदै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जिप अनिन्त्रित भइ सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा ७२ वर्षीय आसबिर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । तुलसीको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते १६ जनाको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा आबुखैरेनी–६ का सुविना गुरुङ, मनबहादुर गुरुङ, सुकमाया गुरुङ, एलिसा गुरुङ, सबिता गुरुङ, आबुखैरनी–३ का सिसिर गुरुङ घाइते भएका छन् । उनीहरुको आबुखैरेनीस्थित अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै सोही गाउँका चालक ३८ वर्षीय राजकुमार विश्वकर्मासहित आबुखैरेनी–६ कै सोमलाल गुरुङ, भक्कुलाल गुरुङ, सेरबहादुर गुरुङ, आसमाया गुरुङ, दीक्षा गुरुङ, सेते गुरुङ, चिजकुमारी गुरुङ, वडा नं। १० का सुसान गुरुङ र वडा नं. ६ का सुनिता गुरुङ घाइते छन् । उनीहरुलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पु¥याइएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि
1 Comments Text
  • Binance says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/register?ref=JW3W4Y3A
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *