Trending

बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित १६ जना घाइते

1.7kViews
1361 Shares

काठमाडौं । तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका–१ गिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा दुर्घटना हुँदा आबुखैरेनी गाउँपालिका–६ का ७२ वर्षीय आसबिर गुरुङ र ब्यास नगरपालिका–९ का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार गएराति साढे १२ बजे आबुखैरेनी गाउँपालिका–१, गिराउनचौरस्थित बरादी हिलेखर्कस्थित भित्री सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिई जाँदै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जिप अनिन्त्रित भइ सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा ७२ वर्षीय आसबिर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । तुलसीको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते १६ जनाको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा आबुखैरेनी–६ का सुविना गुरुङ, मनबहादुर गुरुङ, सुकमाया गुरुङ, एलिसा गुरुङ, सबिता गुरुङ, आबुखैरनी–३ का सिसिर गुरुङ घाइते भएका छन् । उनीहरुको आबुखैरेनीस्थित अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै सोही गाउँका चालक ३८ वर्षीय राजकुमार विश्वकर्मासहित आबुखैरेनी–६ कै सोमलाल गुरुङ, भक्कुलाल गुरुङ, सेरबहादुर गुरुङ, आसमाया गुरुङ, दीक्षा गुरुङ, सेते गुरुङ, चिजकुमारी गुरुङ, वडा नं। १० का सुसान गुरुङ र वडा नं. ६ का सुनिता गुरुङ घाइते छन् । उनीहरुलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पु¥याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Clear
5:27 am7:01 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 62%
Pressure: 1007.45mbar
UV index: 0
3 am4 am5 am6 am7 am
26°C
25°C
25°C
26°C
29°C
FriSatSunMonTue
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C
41°C / 28°C

प्रिय न्युज


लोकप्रिय