आज कानुन दिवस,स्वतन्त्र न्यायालयप्रति सबै सचेत रहनुपर्छ–प्रधानमन्त्री प्रचण्ड

1.2kViews
0 Shares

काठमाडौं, बैशाख २६ गते । स्वतन्त्र न्यायालयप्रति सबै सचेत रहनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । कानुन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सम्पूर्ण नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय