संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

1.2kViews
0 Shares

काठमाडौं, बैशाख २६ गते । आज पनि संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक बिहान साढे १० बजे तथा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।सोमबारबाट सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

बुधबार भने सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि १५ जेठमा बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय