बाजुरामा एक सय बढी गाउँ पहिरोको उच्च जोखिममा, सुरक्षित ठाउँ खोज्दै स्थानीय

835Views
0 Shares

काठमाडौं । असार १३ गते
बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् ।जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ ।

बुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरो प्रभावित छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोटलगायतका गाउँ स्थानान्तरण गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जगन्नाथ गाउँपालिकाको मुसेखोला, तल्लो हुनी र बस्केना गरी तीनवटा गाउँ उच्च जोखिममा छन् । त्यस्तै, स्वामीकार्तिक गाउँपालिकाका नौ गाउँ जोखिममा छन् । वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

हिमाली गाउँपालिकाका पाँचवटा गाउँ जोखिममा छन् । बडिमालिका नगरपालिकाका तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा छन्, । मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा प्रभावित छन् । गौमुल गाउँपालिकाका २१ गाउँका तीन सय ३२ परिवार उच्च जोखिम छन् ।

त्रिवेणी नगरपालिकाका १३ गाउँका ९ सय ७१ परिवारलाई अन्यत्र सारिनुपर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिका–१ विशाल बजारका एक सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोटकका दुई सय ७२ घरधुरी, वडा नम्बर ४ को पीपलसैन राउतेलाका एक सय ५७ घरधुरी, वडा ५ किम्नीका दुई सय १७ घरधुरी जोखिममा छन् ।

बुढीगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा छन् । खप्तड छेडेदह गाउँपालिकाका १४ गाउँका तीन सय ३२ परिवार जोखिममा छन् । गाउँपालिकाका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।

वर्षा सुरु भएसँगै अहिले सबै गाउँ पहिरोको उच्च जोखिममा छन् । हिउँदको समयमा कम पानी पर्ने हुँदा बसोवास भइरहे पनि वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढ्दा स्थानीयलाई कहाँ जाउ के, गरौं हुन्छ । खोला, खोल्सा तथा नदी आसपासमा रहेका बस्ती जोखिममा हुँदा स्थानीयलाई वर्षेनि समस्या हुने गरेको छ । जिल्लामा धेरै परिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरण गर्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ । वर्षात्मा अधिकांश परिवारले घर छाड्ने गरे पनि स्थानीयलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण हुन सकिरहेको छैन ।

प्रतिकार्य योजनामा ती गाउँ अन्य ठाउँमा स्थानान्तरण गरिनुपर्ने जनाइएको छ । गाउँगाउँमा डोजरमार्फत सडक खन्दा बाढीपहिरोको जोखम निम्तिने गरेको छ । विपद् जोखिम कम गर्न र विपद् आइसकेपछि उद्धारलगायतका कार्यका लागि सबै निकायलाई निर्देशन दिइएको, सेना र प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय