गायिका दिलमायाको मृत्यु प्रकरण,प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

860Views
0 Shares

काठमाडौं । असार १४ गते
लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका–२ घर भएकी ३३ वर्षकी गायिका दिलमाया मृत फेला परेकी थिइन् । दिलमायाको शव फेला पर्नुअघि शनिबार बिहान १:२० बजे उनको फेसबुकबाट सुसाइड नोट पोष्ट भएको थियो ।

सुसाइड नोट नै भएका कारण आत्महत्याको शंका गरिएको भए पनि शव छोछ्यानमा र घाँटीमा निलडाम फेला परेको देखिएको थियो । घटनास्थलको अवस्थाले त्यस दिन दुई जना सँगै बसेको पाइएपछि प्रहरीले विभिन्न पाटोबारे अध्ययन गरेको थियो । त्यसक्रममा सुनारसँग लिभिङ टुगेरदरमा बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो ।

सुरूमा उनले आफू घटना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए । तर सिसिटिभी फुटेज हेर्दा भने उनी घटना भएको समयमा त्यही भएको देखिएको थियो । त्यसपछि उनले त्यहाँबाट लगेको सल महाराजगञ्जमा फालेको भनेको आधारमा प्रहरीले उक्त सल फेला पारेको थियो । तर प्रहरीले दिलमायाको मोबाइल फोन भने फेला पारेको छैन । सूर्यविरूद्ध मृतकका बुवा खिलबहादुर श्रेष्ठले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय