Trending

प्रदेश २ : राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री राउतको राजीनामा माग्दै पुत्ला जलाइयो

785Views
0 Shares

बारा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रष्टाचारको आरोप लागेपछि राष्ट्रिय एकता अभियानले पुत्ला जलाएइको छ।

बाराको कलैयामा अभियानले राजीनामा माग गर्दे मुख्यमन्त्री राउतको पुत्ला जलाएको हो।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरे । पाकिस्तानको इशारामा प्रदेश २ लाई मुख्यमन्त्री राउतले तालिबान बनाउन खोजिएको आरोप समेत यादवले लगाए ।

उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन ।’
त्यस्तै उनले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

पुत्ला दहन कार्यक्रममा अभियानका अभियन्ता गोपाल दास, परमानन्द साह, ब्रिजकिशोर साह, कमलेश सहनी, अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का संयोजक विवेक कुशवाहा,पर्सा जिल्ला संयोजक श्याम किशोर तिवारी लगायतको उपस्थिति थियो । उनीहरुले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको समेत पुत्ला जलाएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय