• Home
  • समाचार
  • पर्सामा २ भारतीय सहित तीन हुण्डी कारोबारी प्रहरीको नियन्त्रणमा , साढे १५ लाख रुपैयाँ बरामद
Image

पर्सामा २ भारतीय सहित तीन हुण्डी कारोबारी प्रहरीको नियन्त्रणमा , साढे १५ लाख रुपैयाँ बरामद

जनकपुरधाम : प्रदेश २ का पर्साको वीरगञ्ज महानगरपालिका १६ सिर्सिया छोटी भन्सार अगाडीबाट २ भारतीय सहित पर्सा प्रहरीले तीन जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयासहित भारतको पुर्वी चम्पारण जिल्ला कंगेली–१ बसतपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

भारतबाट ना. ६० प. ५९९८, ना. ४१ प. १०४८ र ना ६४ प. ८३५९ नम्बरको मोटरसाइकलमा आइरहेका बेला चेकजाँच गर्दा साढे १५ लाख रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनी तिनै जनामाथि हुण्डी कारोबारी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरुमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा तीनै जनामाथि अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *