Trending

जसपाको संघीय परिषद् बैठक आज बस्दै,पार्टीभित्रको विवादको विषयमा छलफल हुने

715Views
0 Shares

 

काठमाडौं । फागुन २८ गते
आज जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक बस्दैछ। थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बैठक केही बेरमा सुरु हुँदैछ। बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। संघीय परिषद् बैठकपछि जसपाले फागुन २९ र ३० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

बैठकमा पार्टीभित्रको विवादको विषयमा छलफल हुनेछ। पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले चलेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले पार्टीभित्र मोर्चाबन्दी गरिरहेका छन्। अध्यक्ष यादवविरुद्ध हस्ताक्षर संकलन समेत गरिसकेका छन्। साथै, बैठकमा संघीय परिषद्ले पारित गरेको अध्यक्ष भट्टराईको प्रतिवेदन, आसन्न स्थानीय तहको निर्वाचन, पार्टीको विधान सम्मेलन, गठबन्धनलगायतको समसामयिक विषयमा छलफल गर्ने जनाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय