दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी,सात जनाको मृत्यु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । फागुन २८ गते
शुक्रबार राति दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी भएको छ । घना बस्ती भएको क्षेत्रमा आगलागी हुँदा सात जनाको मृत्यु भएको खबर बीबीसी समाचारमा छ।उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पीएस क्षेत्रमा करिब राती १ बजे आगो लागेको थियो।

उद्धार टोली तुरुन्तै त्यहाँ पुग्यो। उनले करिब ४ बजे आगो नियन्त्रणमा आएको बताए।उनले उक्त दुर्घटनामा ३० घर जलेका र सात जनाको ज्यान गएको बताए ।राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले आफू गोकुलपुरी गएर पीडितलाई भेटेर अवस्थाको जानकारी लिने बताएका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि